![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपालभित्र सञ्चालमा रहेका विदेशी लगानीका बैंक तथा वित्तीय संस्थाले पुँजीका अतिरिक्त प्रविधि र मानव शंशाधन भित्र्याउन सक्ने बताएका छन्।
राष्ट्र बैंकले विदेशबाट लगानी मात्रै नभई त्यसका अतिरिक्त प्रविधि तथा व्यवस्थापनका लागि मानव शंशाधन पनि विदेशबाट ल्याउन सक्ने बाटो खोलिदिएको जानकारी दिएका हुन्।
नेपाल एसबिआर्इ बैंकले शनिबार रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा शिवाकोटीले बैंकहरुले विदेशबाट पुँजी ल्याएर नेपालमा ऋण प्रवाह गर्न कुनै कठिनाई नभएको उल्लेख गरे।
नेपाल सरकारले भुक्तानी तथा राजस्व असुलीलाई आधुनिक र प्रविधिमैत्री बनाउन बैंकिङ प्रणालीलाई अनिवार्य गर्न लागेकाले बैंकहरुले तोकिएको स्थानमा शाखा विस्तार गरी काम गर्नुपर्नेमा उनले जोडदिए। सरकारले सम्पूर्ण नेपालीको बैंक खाता खोल्ने अभियान चलाउने र त्यसमा बैंकहरुले साथ दिनुपर्ने पनि शिवाकोटीले बताए।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नियमित सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाउने भन्दै उनले नियमित अनुगमनका क्रममा नियम विपरितका काम भेटिए कारबाही गर्ने चेतावनी पनि दिए।
FACEBOOK COMMENTS