काठमाण्डौँ — पछिल्लो समय बैंकिङमार्फत हुने गरेको शंकास्पद कारोबार वृद्धि हुँदै गएको छ ।
गत आर्थिक बर्ष ८८७ हाराहारीमा शंकास्पद कारोबारको रिपोर्ट भएको थियो ।
नेशनल बैंकिङ इष्टिच्युट (एनबिआइ) ले शुक्रबार आयोजना गरेको चौथो एएमएल कन्फ्रेन्सुको उद्घाटनमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले यस्तो बाएका हुन ।
गभर्नर डा. नेपालले राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले गत आर्थिक बर्ष ३१२ हाराहारी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइसकेको जानकारी पनि दिए ।
प्रविधिको प्रयोगसँगै सम्पति शुद्धिकरणको जोखिम बढ्दै गएको भन्दै उनले सम्पति शुद्धिकरणको बिषय सबै निकायहरुको सहकार्यमा मात्र कार्यान्वयनमा लैजान सकिने बताए ।
नेपालले सम्पत्ती शुद्धिकरणलाई निवारण ऐनलाई अझै प्रभावकारी बनाउन बैंक र वित्तीय संस्थाहरुसँग थप सहकार्य गर्नुपर्नेमा जोड दिदै आन्तरिक व्यवस्थापन, रेगुलेसन, अडिट रिपोर्ट र सुपर भिजनका कारण सम्पत्ति शुद्धिकरण बढेको बताए ।
— कारोबार
FACEBOOK COMMENTS