काठमाडौं, माघ ६ – बैंक अफ काठमाण्डू लिमिटेड र Lavie रेस्टुरेन्टबिच सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले Lavie रेस्टुरेन्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशत छुट पाउनुहुनेछ ।
उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र Lavie रेस्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरे ।
बैंक अफ काठमाण्डू लिमिटेडले ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
FACEBOOK COMMENTS