काठमाडौं, कात्तिक १६ – बोक्सीको आरोपमा आफ्नै छोराबाट कुटिएकी सिरहाकी ९० वर्षीया महिलाको ज्यान गएको छ । सिराहाको कर्जन्हा नगरपालिका–३ की ९० वर्षीया सुदामादेवी सोनार साहको शनिबार साँझ ५ बजे उपचारको क्रममा सिरहा अस्पतालमा मृत्यु भएको हो ।
शनिबार दिउँसो स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई सिरहा अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा साँझ सुदामादेवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सन्तुलाल जयसवालले जानकारी दिएका छन् ।
गएको बुधबार सुदामा देवीलाई बोक्सीको आरोप लगाउँदै उनको कान्छो छोरा रामऔतार साहले गाउँलेकै अगाडि निर्घात कुटपिट गरी मलमुत्र खुवाउने प्रयास गरेका थिए । गाउँलेले खबर गरेपछि समयमै प्रहरी पुगेपछि दिसा खुउने प्रयास असफल भएको थियो । दशैंको अर्को दिन सुदामादेवी साह सोनारलाई आफ्नै छोराले बोक्सीको आरोपमा दुव्र्यवहार गरेका थिए ।
FACEBOOK COMMENTS