काठमाडौं । सेयर बजारमा ५१ वटा कम्पनीहरुको सेयर मूल्यमा चलखेल गरी अस्वाभिक मूल्य वृद्धि गरिएको नेपाल धितोपत्र बोर्डले निष्कर्ष निकालेर नाम समेत सर्वजनीक गरेपछी बजर अहिले पक्ष र विपक्षमा तातीएको छ ।
पछिल्लो समय केही कम्पनीहरुको सेयर मूल्यमा उच्च वृद्धि भएपछि सेयर कर्नरिङको आशंकामा धितोपत्र बोर्ड कमिटी नै गठन गरी अध्ययन शुरु गरेको थियो ।
‘लामो समय अगाडिदेखि जेठ २७ गतेसम्मको नेप्सेमा कारोबार हुने कम्पनीहरुको विस्तृत अध्ययन गरिएको थियो । यसमा ५१ वटा कम्पनीको कारोबार, मूल्य लगायत अप्राकृतिक तथा अस्वाभिक देखिएको बोर्डले जनाएको छ । जसमा हाइड्रो पावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको परेका छन् ।’ अस्वाभिक रुपमा बजार बढेपछी सानो लगानी कर्ताहरुको जोखिम पर्दै गएको छ ।
धितोपत्र बोर्डको अभिभावकीय जिम्मेवारी : छोटेलाल रौनियार
काठमाडौं । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले खराब कम्पनीहरुको सेयर भाउ बढाउने, कर्नरिङ गर्नेहरुलाई २० प्रतिशत कम्पनीको सेयर भाउ चलखेल गरेर बढाइएको रहेछ, बोर्डले ५१ मध्ये ककसलाई सफाया दिनुपर्नेहो तत्काल दिने र कारवाही गर्ने कम्पनीहरुको छुट्याउनुपर्नेमा जोड दिए ।
‘बोर्डले ५१ कम्पनीको सेयर मूल्यमा चलखेल भएको देखाइएको छ, अब कुन कुन कारवाहीको भागिदार हुन् रु कुन कुनले सफाई पाउने हुन् रु त्यसको चाँडो एकिन हुनुपर्छ’, अध्यक्ष रौनियारले भने । बोर्डले नियामकिय भूमिका निर्वाह गरेर अभिभावकीय जिम्मेवारी पुरा गरेको पनि उनले बताए ।
‘हाम्रो सेयर बजारमा कर्नरिङ लगायतका चलखेल रहेछ भन्ने प्रमाणित भएको छ, अब बजारको दिगो विकासमा सहयोग पुग्छ’, रौनियारले भने । उनले अब सूचिकृत कम्पनीहरुलाई नियम परिपालन गराउन पनि बोर्डलाई प्रेरित गरेको पनि बताए ।
FACEBOOK COMMENTS