![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ— लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले काठमाडौंको बौद्ध र कलंकीमा शाखा खोलेको छ ।
नयाँ शाखाहरूको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र कम्पनीका अध्यक्ष मनोहर दास मूलले उद्घाटन गरे ।
कम्पनीले सञ्चालनमा ल्याएको मोबाइल एप्सको समेत विमोचन गरियो ।
उक्त एप्सको सहायताले ग्राहकहरूले मोबाइलबाट नै फेयर अन्डरराइटिङ, स्मार्ट क्लेम सर्भिसको सुबिधा प्राप्त गर्न र कम्पनीका अन्य विषयहरूका बारेमा जानकारी लिन सकिनेछ ।
हालै मात्र संयुक्त अधिराज्यमा रहेको अन्डर रजिष्ट्रार अफ सिस्टमबाट गरिएको विस्तृत लेखापरीक्षण पश्चात् यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आईएसओ प्रदान गरिएको छ ।
FACEBOOK COMMENTS