रमण महतो रमन जनरल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हुन् । अमेरिकाबाट व्यवसायिक करियर सुरुवात गरेका उनले त्यहाँ १५ वर्ष बिताए । मेकानिकल इञ्जिनियरिङमा स्नाकोत्तरसम्म अध्ययन गर्नुका साथै फाइनान्समा एमडिए गरे । त्यहाँ रहँदा उनले कामको अनुभवका साथै इञ्जिनियरिङ फर्म दर्ता गरेर प्रोडक्ट डिजाइनको समेत गरे । व्यवसायको सफलताका लागि चाहिने अनुभव हासिल गरेपछि सन् २०१२ मा उनी नेपाल फर्किए । निर्माण व्यवसायमा अवसर देखे । यही क्षेत्रमा उनको परिवार ४० वर्षदेखि जोडिएको थियो । निर्माण कम्पनीबाट अहिले उनले मेशिनरी र निर्माण सामग्रीको व्यवसायमा विस्तार गरेका छन् । यसबाहेक बंगलादेशको नाम चलेको मोटरसाइकल रनर बाइक पनि नेपालमा विक्रीविरण थालेका छन् ।
उनीसँग नेपालमा व्यवसायका अवसर, चुनौती र अपनाउनु पर्ने अवधारणाका विषयमा गरिएको कुराकानीः
नेपालमै व्यवसाय गर्ने उर्जा बोकेर अमेरिकाबाट १५ वर्षपछि नेपाल आइपुग्दा अवस्था कस्तो पाउनुभएको थियो ?
व्यवसायिक वातावरण निकै फरक छ । विशेष गरी मान्छेसँग ‘डिल’ गर्न गाह्रो छ । किनभने यहाँ मान्छेहरु उत्तरदायी छैनन् । अमेरिकमा सव सेल्फ मोटिभेटेड हुन्छन् । उनीहरुको कामप्रति लगाव हुन्छ । त्यसैले उत्पादकत्व समेत उच्च हुन्छ ।
ज्यालादर वा पारिश्रमिक कम भएकाले पनि कामदारको उत्प्रेरणा र उत्पादकत्व कम भएको हो कि ?
पारिश्रमिक कम भएर उत्पादकत्व कम होइन । यहाँ मान्छेहरुको क्षमता र उत्पादकत्व नै कम छ । उत्पादकत्व कमजोर भयो भने पारिश्रमिक कम त भइहाल्छ । एउटा कम्पनीको मात्रै कुरा गर्दा पनि कसैले कसैलाई पारिश्रमिक दिने होइन, आफ्नो पारिश्रमिक आफैंले कमाउने हो । कम्पनीको उत्पाकत्व जति बढ्दै जान्छ, पारिश्रमिक पनि त्यही अनुपातमा बढ्दै जाने हो ।
नेपालमा अवसर बढी छन् कि चुनौती ?
काम गर्न केही झन्झट छन् । प्रणालीमा काम हुँदैन । बैंकहरुको पनि बुझाइ त्यति राम्रो छैन । उता हरेक काम प्रणालीमा हुन्छ । नेपालको भन्दा अवसर र चुनौती दुवै बढी छन् । किनभने ‘मार्केट स्याचुरेटेड’ छ । प्रतिस्पर्धा पनि उत्तिकै बढी छ । तर नेपालमा अवसर नै बढी छन् । केही नयाँ गरियो वा नयाँ तरिकाले प्रस्तुत गरियो भने ‘अनुसन्धनकर्ता’ भइन्छ । अरु भन्दा अलिकति फरक गरियो भने माथि आइहालिन्छ । नयाँ अवधारणा छ भने नेपालमा अवसर उच्च छ । ब्रान्डिङको अवधारणाले मात्रै पनि नेपालमा व्यवसाय फस्टाउन सक्ने अवस्था छ ।
नेपालमा ब्रान्डिङलाई महत्व दिइएको कत्तिको पाउनुहुन्छ ?
धेरै त ब्रान्ड कन्सियस छैनन् । ब्रान्डप्रतिको बुझाइ पनि गलत छ । ब्रान्ड भन्ने बित्तिकै सवै उच्च गुणस्तरीय हुनुपर्छ भन्ने छैन । ब्रान्ड भनेको ‘रिपिटेशन’ हो । त्यसैले हामी स्थानीय ब्रान्ड सिर्जना गर्न सक्छौं । सकेुवा कुरा गरौं न नेपालका हरेक रेस्टुरेन्टमा सेकुवा पाइन्छ । धेरैले मिठो पनि बनाउँछन् होला । तर, सेकुवा भन्नेवित्तिकै बाजेको सेकुवा बुझिन्छ । बाजेको सेकुवा स्थापित हुनुको कारण गुणस्तर मात्रै होइन, ब्रान्डिङ हो । धेरै ठाउँमा खुल्नेवित्तिकै ग्राहकले हेर्ने दृष्टिकोणमा फरक आयो । अर्कातिर विज्ञापन पनि यसैले सिर्जना ग¥यो ।
ब्रान्डिङमा खर्च बढी हुन्छ तर नेपालमा त्यो अनुसारको आय छैन भन्नेहरु पनि छन् नि ?
म त धेरै खर्च देख्दिनँ । ब्रान्डिङका लागि धेरै नयाँ अवधारणा ल्याउन जरुरी छैन । एउटै काम गरौं, त्यो हो ‘रिपिटेशन’ । रेस्टुरेन्टकै कुरा गर्दा एक ठाउँ होइन, सोही नाउँमा १० ठाउँ खोल्ने हो । त्यसलाई उचित तरिकारले व्यवस्थापन गर्ने हो । एउटा कुनै व्यवसाय काठमाडौंमा सफल छ भने पोखरा, धरान, चितवनमा पनि हुनुप¥यो । मान्छेलाई के लाग्छ भने यहाँ पनि रहेछ ! राम्रो सेवा र गुणस्तरको अपेक्षा त्यसपछि जोडिने हो ।
अमेरिकाबाट फर्किंदा तपाईंको कम्पनीको अवस्था कस्तो थियो र अहिले कहाँ पु¥याउनुभयो ?
हाम्रो कम्पनी धेरै सानो थियो । हामी ५० कम्पनी मध्येमा पनि थिएनौं । पछिल्ला चार वर्षमा उत्कृष्ट तीनमा छौं । हाम्रो व्यवस्थापन र काम गर्ने नयाँ तरिकाले यहाँ पु¥याएको हो । खाशगरी अवसरलाई कसरी उपयोग गर्ने ? मानव स्रोतसाधनको परिचालन कसरी गर्ने ? र उनीहरुलाई कसरी उत्प्रेरित गर्ने ? भन्ने कुराले नै सफलता दिलाउने हो ।
म फर्केर आउँदा यहाँ काम जति पनि थियो । अहिले पनि हामीलाई कामको अभाव छैन । बरु हामीले नै सवै काम लिन नसकेका हौं । त्यसैले यसलाई संस्थागत रुपमा अगाडि बढाउने कोशिश गरिरहें । निर्माण व्यवसायसँगै यसका लागि चाहिने मेशिनरीतिर पनि अवसर देखें । तिनलाई नेपालमा आयात गरेर बेच्न थालियो । अहिले नेपाल आर्मी र अरु निर्माण कम्पनीले पनि ती मेशिनरीहरु चलाउँछन् ।
यी परम्परागत व्यवासायको निरन्तरता र विस्तारका काम भए । नयाँ अवधारणामा केही गर्न खोज्दै हुनुहुन्छ ?
मैले अहिले निर्माण मेशिन, उपकरण र सामाग्रीहरु एकै ठाउँमा उपलब्ध हुने मार्टको अवधारणा लिएर अघि बढीरहेको छु । यो अवधारणामा काम विश्वमै भएको छैन । एउटा भौतिक पूर्वाधार बनाउन चाहिने सवै निर्माण सामग्री एकै ठाउँ पाउने अवस्था कहीँ छैन । नेपाल त्यस्तो देश हो, जहाँ सवै आयात गर्नुपर्छ । आयात गर्नुपर्ने ठाउँमा ‘लजिस्टिक’ समस्या छ । समयको समस्या छ । तर, प्रोजेक्टको त समयसीमा निर्धारित हुन्छ । समयमै प्राजेक्ट सकाउन त चाहिने सामाग्री पनि समयमै पाउनुप¥यो । समयमै सकिएन भने नाफामा असर गर्छ । उत्पादकत्व बढाउनका लागि मैले यस्तो अवधारणा अघि सारें । सवै जनाले र सवै सामान एकै ठाउँ किन्दा ‘कस्ट’ कम पर्छ । अर्को समय हो । निर्माणका लागि चाहिने सामान पाउनु ठूलो कुरा हो हामी स्टक राख्नेछौं र समयमै उपलब्ध गराउनेछौं । अब निर्माणका लागि सामान कुनुपर्ने छैन । योजना अनुसार ढुक्क भएर काम थाले हुने भयो । ‘सामान पाइहाल्छ नि’ भन्ने विश्वास दिलाउन सक्छौं ।
रनर बाइक नेपालमा भित्र्याउनुको खाश उद्देश्य के हो ?
हामी बाइक व्यवसायमा पहिलेदेखि नै संलग्न थियौं । एउटा राम्रो अवसर आयो । यस्तो अवसर कहिलेकाहिँ आउने हो । त्यसैले लिइहालेका हौं । यो बाइकको ६ वर्ष वारेन्टी छ । यसले हामीलाई आत्मविश्वास बढाएको हो । बंगलादेश र नेपालको संस्कृति पनि मिल्दोजुल्दो छ । रुची पनि समान छ । यसको डिजाइन र लुक्स नेपालीहरुले मन पराउने खालको छ । यसको मूल्य पनि सुपथ छ । सुरुवाती मूल्य झन् सुपथ हुन्छ । ऊर्जा खतप पनि राम्रो छ । सवै ठाउँमा सर्विस र पार्ट पाउने अवस्था सिर्जना गरिएको छ । हाम्रो वितरण नेटवर्क राम्रो छ । १८ ठाउँमा डिलर भइसके । यो वर्ष हामीले ४०सम्म पु¥याउने लक्ष्य लिएका छौं ।
राजनीतिक परिवर्तन भएको छ । व्यवसाय गर्ने वातावरण कति फरक देख्नुहुन्छ ?
नेपालको राजनीति लामो समयदेखि अस्थिर छ । सरकार परिवर्तन भइरहने भएकाले निर्माणको बजेट फ्रिज हुन्छ । कामहरु थन्किएका छन् । निर्माण व्यवसायीले पैसा पाएका छैनन् । यो नीति बनाउनेलाई थाहा छैन । आर्थिक समस्या राजनीतिज्ञलाई थाहा हुँदैन । ब्युरोक्र्याट्सलाई थाहा छ तर उनीहरुको हातमा केही छैन ।
नेताहरुले अवको एजेन्डा त आर्थिक विकास नै हो भनिरहेका छन् नि ?
अब कोही पार्टी वा नेता सफल हुनु छ भने अर्थ राजनीत गर्नुपर्छ । जसले अर्थ राजनीति बुझ्न सक्छ र गर्न सक्छ । त्यो लामो समय शाशन गर्न सक्छ ।
व्यवसायीले बैकिङ प्रणालीले कत्तिको सहज वा असहज बनाइरहेको छ ?
आर्थिक क्षेत्रमा सकारात्मक भावनाको विकास गर्न वर्षौं वर्ष लाग्छ । लामो समयपछि सकारात्मक ‘सेन्टिमेन्ट’ आएको छ । तर, यसलाई पनि राष्ट्रबंैकले ब्रेक लगाइरहेको छ । आर्थिक विकास गर्ने हो भने अहिले तरलता जतिसक्यो धेरै ठेल्न सक्नुपर्छ । दुई चार वर्षदेखि आर्थिक क्षेत्रमा पोजिटिभ गेयर लागेको छ । यसलाई सुस्त बनायो भने असर पर्छ । यतिबेला हामीलाई क्यास फ्लो चाहिएको छ । क्यास फ्लो भए न हामी मनी, म्याटिरियल र म्यानपावर जम्मा गर्छौं ।
अहिलेका गर्भनरसँग मेरो गुनासो छ । गभर्नरले आर्थिक कुरा र।म्रोसँग बुझ्नुभएको छैन जस्तो अभाष भइरहेको छ । उहाँले म्याक्रो इकोनोमिक्स मात्रै हेर्नुभएको छ । माइक्रो इकोनमिक्सको अवस्था थाहा छैन । त्यसले सिस्टमलाई कसरी प्रभाव पारेको छ, त्यो जानकार हुनुहुन्न ।
यस्तो बेला गभर्नरले बोल्ड डिसिजन लिन सक्नुपथ्र्यो । आँट चाहिन्थ्यो, यस्तो बेला । सवै कुरालाई ब्रेक लगाउनु भनेको कमजोर मानसिकता हो । यसले अर्थव्यवस्थालाई कमजोर बनाइरहेको छ । तथ्यांक हेरेर त्यो अनुसार निर्णय लिनुपर्छ । मान्छेका कुरामा विश्वास गर्नु हुँदैन । अहिले राष्ट्र बैंकको अवस्था हेर्दा दुर्घटना हुने डरले बाइक नचढ्न उक्साइरहेको जस्तो लागिरहेको छ । यो इकोनमी ग्रो भइरहेका बेला हो । यस्तो बेला तरलताका लागि पैसा छाप्नुपर्छ । अरु बैंकलाई राष्ट्र बैंकले ऋण दिनुपर्छ । त्यसपछि मात्र आर्थिक विकास हुनसक्छ ।
FACEBOOK COMMENTS