काठमाण्डौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्र सरकार प्रमुखहरुको चौथो शिखर सम्मेलन यही भदौ १४ र १५ गते हुने भएको छ ।
म्यान्माको नेपिट्मा सन् २०१४ को मार्चमा सम्पन्न तेस्रो शिखर सम्मेलनपछि नेपालले उक्त उपक्षेत्रीय सङ्गठनको अध्यक्षता ग्रहण गरेको हो ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी चौथो शिखर सम्मेलन र त्यससम्बन्धी बैठकहरुमा बिम्स्टेक सदस्य देशहरुले सहभागिताको सुनिश्चितता गरेको जनाएको छ ।
पारस्परिक सहायताका क्षेत्रमा बिम्स्टेकले हालसम्म गरेका प्रगतिको शिखर सम्मेलनमा समीक्षा हुुनुका साथै उक्त सङ्गठनका भावी काममा दिशानिर्देश गर्नेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार भदौ १५ गते बिम्स्टेकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको उपस्थितिमा सङ्गठनको वैधानिक दस्तावेजमा हुनेछ भने उक्त उच्च नेतृत्वले काठमाडौँ घोषणापत्र अनुमोदन गर्नेछ ।
चौथो शिखर सम्मेलन अगाडि यही भदौ १२ गते उच्च अधिकारीहरुको नवौँ बैठक, तथा १३ गते बिम्स्टेकका परराष्ट्रमन्त्रीहरुको १६औँ बैठक काठमाडौँमा हुनेछ ।
यसैबिच, बिम्स्टेक ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिएका छन् ।
– कारोबार
FACEBOOK COMMENTS