काठमाण्डौँ — चितवनको भरतपुर महानगरपालिकाले चालू आ.व.को छ महीनाको अवधिमा दोब्बर बढी राजश्व सङ्कलन गरेको छ ।
गत आ.व.को शुरुको छ महीनामा रु ११ करोड ४३ लाख १३ हजार राजश्व सङ्लन भएको थियो ।
यो चालु आ.व.को पुस मसान्तसम्ममा रु २३ करोड तीन लाख २३ हजार राजश्व सङ्कलन भएको कार्यालयका राजश्व शाखा प्रमुख सिर्जना थपलियाले जानकारी दिए ।
व्यवसाय करमा भएको वृद्धि र बजार अनुगमनलाई निरन्तरता दिएका कारण राजश्वमा भारी वृद्धि भएको महानगरले जनाएको छ ।
— कारोबार
FACEBOOK COMMENTS