काठमाडौं, मंसिर २७- विश्वकै पुरुष एपेरल ब्रान्ड तथा भारतको सबैभन्दा ठूलो पुरुष गार्मेन्ट ब्रान्ड पीटर इंग्ल्याण्डले उपत्यका बाहिर पनि आउटलेट विस्तार गरेको छ । करिब १४ वर्षअघि नेपाल प्रवेश गरेको उक्त कम्पनीले चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्कमा बिहीबार आउटलेट खोलेको हो । सिजी ल्यान्डमार्कको पहिलो तल्लामा खुलेको उक्त आउटलेटको उद्घाटन बिहीबार अभिनेत्री प्रियंका कार्कीले गरेकी हुन् ।स्टोर उदघाटन कार्यक्रममा बोल्दै आदित्य विरला फेसन एण्ड रिटेलको मदुरा एफ एण्ड एलका एक्सपोर्ट हेड गिरीश नाम्बायरले पीटर इंग्ल्याण्ड समकालीन इंग्लिश स्टाइल, उच्च गुणस्तर र ग्राहकलाई सही मूल्य प्रदान गर्नेतर्फ प्रतिबद्ध रहेको बताए ।
सन् १८८९ मा स्थापित पिटर इंग्ल्यान्ड विश्वभरी नै गुणस्तरीय मेन्सवेयरको पर्यायको रुपमा छ । यो ब्रान्डमा जाडो र गर्मी दुवै सिजनका लागि उपयुक्त कमिज, ब्लेजर, सुट, स्वेटर लगायत फर्मल र क्याजुअल पुरुष गार्मेन्ट उपलब्ध छन् । यो ब्रान्डका विश्वभर सात सय एक्सलुसिव स्टोर र तीन हजार मल्टिब्राण्ड आउटलेट छन् ।
पिटर इंग्ल्यान्डले विश्वभरका लाखौं उपभोक्ताको विश्वास जितेको छ । यो विगत सात वर्षदेखि लगातार एपेरलको क्षेत्रमा विश्वसनीय ब्राण्डको रुपमा टप पाँचमा रहँदै आएको छ ।
यसले आफ्नो विशिष्ट डिजाइन स्टुडियोले तयार गरेको डिजाइनमा आधारित गार्मेन्ट उत्पादन गर्छ । पिटर इंग्ल्यान्ड भान हेउसेन, लुइस फिलिप्पे, अलेन सोले, सान फिस्को जस्ता विश्वविख्यात ब्रान्डको प्रतिस्पर्धी ब्रान्ड हो ।
FACEBOOK COMMENTS