काठमाडौं, भदौ २ – चितवनको भरतपुरस्थित भरतपुर अस्पताल कोभिड (१९) प्रयोगशालामा एकै दिनमा ५० जना कोरोना संक्रमित फेला परेका छन् । ३ सय ५ जनामा गरिएको पिसिआर परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाका प्रमुख नीतु अधिकारीले बताइन् ।
कोरोना संक्रमित भरतपुर, मकवानपुर, बारा र गोरखा जिल्लाका रहेका छन् । संक्रमित मध्ये भरतपुरका ४ जना महिला, राप्तीका ४० जना पुरुष र २ महिला गरी ४२ जना छन् । हेटौंडाका १ जना महिला, बाराका १ महिला १ जना पुरुष र गोरखाका १ महिला कोरोना संक्रमित भएको उनले बताइन् ।
FACEBOOK COMMENTS