काठमाडौं, २० फागुन – भारतकी चर्चित गायिका श्रेया घोसाल आमा बन्ने भएकी छिन्। घोसालले सामाजिक संजालमा बेबी बम्प देखाउँदै आफू गर्भवती भएको जानकारी दिएका हुन्।
हाल ३६ वर्षकी घोसालले सन् २०१५ मा शिलादित्य मुखोपाध्यायसँग विवाह गरेका थिए। उनी व्यापारी हुन्। घोसालले फेसबुकमा बेबी बम्प पक्रिँदै गरेको फोटो पोस्ट गर्दै भनेकी छिन्,‘शिलादित्य र म यो समाचार भन्न पाउँदा निकै खुशी छौं। नयाँ जीवनको अध्यायको तयारी गर्दैगर्दा तपाइँहरुको माया र आशिर्वात चाहन्छौं।’
FACEBOOK COMMENTS