काठमाडौं, वैशाख २ नेपालको त्रिभुवन आर्मी क्लब एएफसी कप २०२१ को छनोट खेलमा भारतको बेंगलुरुसँग लज्जासपद हार ब्यहोरेको छ । छनोटको दोस्रो चरणमा आर्मी भारतको व्यवसायीक फुटबल क्लब बेंगलुरुसँग ५–० ले पराजित बनेको हो।
यसअघि काठमाडौंको दशरथ रंगशालामा भएको पहिलो चरणको खेलमा आर्मीले श्रीलंकाको श्रीलंकन पुलिसलाई ५–१ को हार चखाएको थियो । श्रीलंकन पुलिसलाई हराएर दोस्रो चरणमा पुगेको आर्मी बेंगलुरुसँग पराजित बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
बेंगलुरु भारतको व्यवसायीक फ्रेन्चाईज प्रतियोगिता इन्डियन सुपर लिग खेल्दै आएको क्लब हो ।
FACEBOOK COMMENTS