काठमाडौं, पुस २१ – भारतको राजस्थानमा पनि कोरोना भाइरस (कोभिड–१९)को नयाँ प्रकार भेटिएको छ ।
राजस्थानको श्रीगंगानगरका तीन जनामा कोरोना भाइरसको नयाँ प्रकार भेटिएको समाचार संस्था एएनआईले जनाएको छ ।
नयाँ भाइरस देखिएपछि तीन जनालाई नै जिल्ला अस्पताल भर्ना गरिएको छ । उनीहरुको नमुना लिने र कन्ट्याक टे«सिङमा परेकाको खोजी सुरु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।
सन् २०१९ को डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिसकेको छ । पछिल्लो समय बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकार अघिल्लो भन्दा तिब्रगतिमा फैलिरहेको छ । अहिलेसम्म विश्वभर ८ करोड ६० लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा ६ करोड निको भइसकेका छन् । १८ लाख ५९ हजारको भने मृत्यु भएको छ ।
भारतमा मात्रै १ करोडमा कोरोना पुष्टि हुँदा ९९ लाख निको भएका छन् । १ लाख ४९ हजारको भने मृत्यु भएको छ । भारतअघि अमेरिकामा २ करोडमा कोरोना पुष्टि हुँदा १ करोड निको भएका छन् । ३ लाख ६२ हजारको भने मृत्यु भएको छ ।
FACEBOOK COMMENTS