काठमाडौं, वैशाख २ – भारतमा एकैदिन २ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतमा पछिल्लो एकसातायता दैनिक १ लाख भन्दा बढीमा संक्रमण देखिँदै आएको थियो। पछिल्लो २४ घण्टामा भने थप २ लाख ७३९ कोभिड १९ संक्रमित देखिएका हुन्। यससँगै भारतमा १ करोड ४० लाख ७४ हजार ५६४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।
संक्रमणको दरसँगै भारतमा मृत्यु दर पनि बढ्दो छ। पछिल्लो २४ घण्टामा १ हजार ३८ जनाको मृत्यु भएको छ। बुधवारपनि १ हजारभन्दा बढीको मृत्यु भएको थियो। हालसम्म भारतमा १ लाख ७३ हजार १२३ जनाको संक्रमणका कारण मृत्यु भएको छ।
बिहीबार बिहानसम्म ९३ हजार ५२८ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या १४ लाख ७१ हजार ८७७ पुगेको छ।
FACEBOOK COMMENTS