काठमाडाैं, चैत २० – भारतमा एकै दिन ८१ हजार ४६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार याेसँगै कुल संक्रमितको संख्या एक करोड २३ लाख तीन हजार १३१ पुगेको छ। त्यसैगरी ४६९ जनाको पछिल्लो २४ घण्टामा कोरोनाकै कारण मृत्यु भएको छ।