काठमाडौं, वैशाख १७ । भारतमा कार उत्पादन गर्ने कारखानाहरु धमाधम बन्द हुन थालेका छन् । तर, कोरोना महामारीका काण गरिएको लकडाउनका कारण भने बन्द भएका हैनन् ।
भारतमा यतिबेला कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ । प्रतिदिन ३ लाखभन्दा बढी मानिसहरु संक्रमित बनिरहेका छन् ।
नयाँ भेरियन्टबाट संक्रमण बन्ने संक्रमितलाई स्वासप्रस्वासका लागि अक्सिजनको आवश्यक पर्छ । तर, भारतमा अक्सिजनको चरम अभाव भइरहेको छ । सोहीकारण, भारतको केन्द्र सरकारले अक्सिजनको औद्योगिक प्रयोजन रोकेको छ ।
लिक्विड अक्सिजनको प्रयोग स्वास्थ्य उपचारको क्षेत्रमा मात्र नभई औद्योगिक क्षेत्रमा पनि प्रयोग हुन्छ । त्यसैले, लिक्विड अक्सिजनको प्रयोगमा रोक लगाएपछि कार उत्पादन गर्ने कम्पनीहरु बन्द हुन थालेका हुन् ।
FACEBOOK COMMENTS