काठमाडौं, जेठ १ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण दर घटेको छ । दैनिक ४ लाखभन्दा बढी संक्रमित भेटिने भारतमा पछिल्लो समय संक्रमितको संख्यामा गिरावट आउन लागेको हो ।
पछिल्लो २४ घन्टामा संक्रमितको संख्या ४ लाख बाट घटेर तीन लाख २६ हजारमा आइपुगेको छ । ३६ लाखभन्दा बढी सक्रिय संक्रमित रहेको भारतमा संक्रमण दर घटेको देखिएको हो ।
कोरोना संक्रमितको दोस्रो स्थानमा रहेको भारतमा अहिलेसम्म २ करोड ४३ लाख ७२ हजार जनालाई कोरोना संक्रमण भएको छ । यीमध्ये २ लाख ६६ हजार २२९ जनाको मृत्यू भएको छ ।
FACEBOOK COMMENTS