काठमाडौं, जेठ १३ – भारतका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार भन्दा धेरैले बढेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका दुई लाख ११ हजार २९८ नयाँ संक्रमित थपिएका हुन् । सो अवधिमा कोभिड–१९ बाट तीन हजार ८४७ जनाको ज्यान गएको छ ।
अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या दुई करोड ४६ लाख ३३ हजार ९५१ पुगेको छ । यस्तै कोभिड–१९ का कारण तीन लाख १५ हजार २३५ जनाको ज्यान गइसकेको छ ।
हाल २४ लाख १९ हजार भन्दा बढिमा संक्रमण सक्रिय अवस्थामा छ। अहिलेसम्म भारतमा २० करोड २६ लाख भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् ।
FACEBOOK COMMENTS