काठमाडौं, जेठ २६ – भारत सरकारले निजी अस्पताललाई तोकिएको शुल्क लिएर कोरोनाभाइरसविरुद्धको खाेप लगाउने अनुमति दिएको छ।
योसँगै अब तोकिएको शुल्क लिएर निजी अस्पतालहरुले कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक खाेप लगाउन पाउने भएका हुन्। भारतीय स्वास्थ्य मन्त्रालयले तोकेको खोप अनुसार शुल्कसमेत निर्धारण गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार निजी अस्पतालले कोभिशिल्ड खाेपको ७ सय ८० भारतीय रुपैयाँ लिन पाउनेछन्।
त्यसैगरी, कोभ्याक्सिनको १४१० र स्पुतनिक खाेपको ११४५ भारतीय रुपैयाँ तोकिएको भारतीय सञ्चारमाध्ययमा उल्लेख छ। सरकारको यो निर्णयसँगै भारतमा खोप अभियान तिब्र हुने विश्वास सरकारी अधिकारीको छ।