![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – अन्तराष्ट्रिय मुल्य अनुसार भारतमा पेट्रोलियम पदार्थको भाउ घटेको छ । आयल मार्केटिङ कम्पनीहरुले पेट्रेलको भाउ ६ पैसा घटाएका छन् । यस्तै डिजेलको भाउ १२ पैसा घटेको छ ।
नयाँ दरअनुसार राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य लिटरको ७६ रुपैयाँ ७८ पैसा र डिजेलको ६८ रुपैयाँ ३५ पैसामा झरेको छ ।
सरकार स्वामित्वका इण्डियन आयल कर्पोरेशन, भारत पेट्रोलियम र हिन्दुस्तान पेट्रोलियमले पेट्रोलियमको मूल्यमा समायोजन गरिसकेका छन् ।
भारतको इण्डियन आयलबाट पेट्रोलियम खरिद गर्ने भएकाले त्यहाँ घट्दा नेपालमा पनि कमी आउने गरेको छ ।
FACEBOOK COMMENTS