काठमाडौं, फागुन १४ – भारतमा जारी कोरोना भाइरसविरूद्धकाे खोप अर्को दुई दिन अर्थात २७ र २८ फेब्रुअरीमा नलगाइने भएकाे छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ‘को–विन डिजिटल प्लेटफर्म’ १.० बाट २.० मा अपडेट हुने भएकाे कारण आगामी दुई दिन खाेप नलगाइने भएकाे हाे। खोप डेलिभरीको लागि ‘को–विन डिजिटल प्लेटफर्म’ प्रयोग भइरहेको छ।
याे प्लेटफर्मकाे माध्यमबाट खाेप लगाएका व्यक्तिकाे पहिचहान गर्नका लागि मोबाइल एपबाट समेत हेर्न सकिन्छ। स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका सचिव राजेश भूषणका अनुसार सबै राज्यमा स्वास्थ्यकर्मीहरूले ‘को–विन डिजिटल प्लेटफर्म’ डाटा अपलोड गर्छन्।
भारतमा आगामी हप्तादेखि ४५ देखि ६० र साेभन्दा माथिका उमेरका व्यक्तिहरुलाई काेराेना भाइरसविरुद्धकाे खाेप लगाइने छ।
FACEBOOK COMMENTS