काठमाडौं, १० माघ- भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप १५४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार २२१ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख ४० हजार ५४४ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ६३ जना संक्रमणमुक्त भएका छन्
FACEBOOK COMMENTS