काठमाडौं, वैशाख २६ – दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा आइतबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख ९ हजार ३०० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । त्यसयता भारतमा दैनिक जसो संक्रमितको दैनिक वृद्धि ४ लाखभन्दा माथि छ ।संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड २२ लाख ९५ हजार ९११ पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ८३ लाख ११ हजार ४९८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ४२ हजार १५ छ ।यस्तै त्यहाँ एकैदिन ४१ सय ३३ संक्रमितको मृत्यु भएको छ ।
दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ४२ हजार ३९८ पुगेको छ ।
FACEBOOK COMMENTS