काठमाडौं, पुस ५ – चलचित्र निर्माता पर्भेस सी मेहराको निधन भएको छ । उनको कोरोना संक्रमणका कारण शनिबार मुम्बईमा निधन भएको जनाइएको छ ।
उनी विगत एक महिनादेखि कोरोनाभाइरससँग लडिरहेका थिए ।
७१ वर्षको उमेरमा शनिबार अपराह्न ४ बजे मुम्बईको ब्रिच क्यान्डी अस्पतालनमा निधन भएको हो । उनी लामो समयदेखि मुम्बईस्थित ल्यान्डमार्क मिनेर्भा सिनेमा नामक निर्माण कम्पनी चलाइरहेका थिए । ‘राम जाने’, ‘चमत्कार’, ‘आखिरी अदालत’, ‘प्यार के दो पल’, ‘अशान्ति’, ‘सिकारीः द हन्टर’लगायत चलचित्र उनले निर्माण गरेका छन् ।
FACEBOOK COMMENTS