काठमाडौं, १७ फागुन – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।मोदीले सोमबार बिहान कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको आफैले जानकारी दिएका छन् ।
खोप लगाएसँगै मोदीले खोप लगाउने दायरामा परेका सबैलाई खोप लगाउन आग्रह गरेका छन् ।भारतमा आजदेखि कोरोनाविरुद्धको खोप अभियानको दोस्रो चरण शुरु भएको छ । यस अन्तर्गत ६० बर्षभन्दा माथिका र अन्य रोगबाट पिडित ४५ बर्षभन्दा बढी उमेरका सबैलाई खोप लगाइने बताइएको छ ।
पहिलो चरणमा भारतमा करिब डेढ करोडले कोरोना खोप लगाएको बताइएको छ ।
FACEBOOK COMMENTS