काठमाडौं, माघ ७ – चीनले भारतीय भूमिमा एउटा गाउँ नै निर्माण गरेको छ । चीन र भारतको विवादित क्षेत्र अरुणाञ्चल प्रदेशमा चीनले १०१ वटा घर भएको एउटा बस्ती नै बनाएको भारतीय मिडियाले जनाएका छन् ।
एनडीटिभीले आफ्नो स्याटलाइट दृश्यमा उक्त गाउँ देखिने जनाएको छ । चीनसँगको भारतको सिमानाको करिव ४ दशमलब ५ किलोमिटर भित्र नै उक्त गाउँ अवस्थित रहेको एनडीटिभीको दावी छ ।
यस क्षेत्रमा चीन र भारतबीच सिमानालाई लिएर लामो समयदेखि विवाद हुँदैआएको छ । लद्दाखदेखि एक हजार किलोमिटर पश्चिममा पर्ने यस भूभागमा २०२० को अगस्टसम्म कुनै घर देखिएका थिएनन् ।
FACEBOOK COMMENTS