काठमाडौ – सौर्य एयरलाइन्सले आगामी बैशाखभित्र नयाँ जहाज भित्र्याउने भएको छ ।
भारतीय लगानीकर्ता कुबेर ग्रुपले खरिद गरेको एयरलाइन्सले अप्रिल १५ भित्र सीआरजे २०० सेरिज जहाज ल्याउने गरी प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।
एयरलाइन्सका बजार प्रमुख मुकेश खनालका अनुसार सौर्यसँग हाल सोही प्रकारका २ वटा जहाज छन् ।
७८ सिट क्षमता भएको सो जहाज आएपछि सौर्यले नेपालगञ्ज र धनगढीमा नियमित उडान गर्ने तयारी गरेको छ ।
यसैबीच एयरलाइन्सले विमानस्थल सेवा शुल्क बापत १ करोड रुपैयाँ तिरिसकेको जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सेवा शुल्कबापत करिब ४ करोड रुपैयाँ नतिरेको भन्दै जहाज ग्राउन्डेड गरेको थियो ।
FACEBOOK COMMENTS