काठमाण्डौं – नेपाल सरकारले स्तरोन्नती गरेका भारतिय सिमा क्षेत्रस्थित भन्सार कार्यलयहरुमा प्रभु बैंकले सेवा दिने भएको छ ।
बैंकले यसअघि भारतीय सिमा क्षेत्रमा रहेका अन्य भन्सार कार्यलयमा बैंकिङ सेवा शुरु गरिसकेको छ ।
बैंकले रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर÷जटही भन्सार कार्यालयहरुमा बैंकिङ काउन्टर स्थापना गरी २०७६ बैशाख बाट सेवा प्रारम्भ गर्ने भएको हो ।
उक्त स्थानहरुमा बैंकिङ कार्यलय स्थापना गर्ने सम्बन्धी सम्झौतामा विहीबार एक कार्यक्रमका बीच भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।
बैंकले सेवा शुरु गरेसँगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरल रुपमा बैकिगं सेवाहरु प्राप्त गर्नेछन ।
FACEBOOK COMMENTS