(भारत र पाकिस्तानबी लगातार तनाव भइरहेको छ । १४ फेब्रअरीमा पुलवामा भएको हमलापछि दुवै देशकाबीच कुनै पनि किसिमको वार्ता हुन सकेको छैन । यसैबीच अमेरिकाको एक अध्ययनमा भारत र पाकिस्तानबीच परमाणु युद्ध भयो भने १० करोडको ज्यान जान सक्ने आशंका व्यक्त गरिएको छ । साथसाथै यसले विश्वभरीमा भोकमरी पनि आउन सक्ने छ ।
हालसाथै मात्र संयुक्त राष्ट्र संघको महासभामा इमरान खानले भड्किलो किसिमको भाषण पनि दिएका छन् ।
जहाँ पनि बम खसालिन सक्ने
अमेरिकाको रटगर्स युनिभर्सिटीका अध्ययनकर्ता एलन रोबकका अनुसार यदी परमाणु युद्ध भयो भने यो कुनै विशेष स्थानमा लड्न सकिदैन । परमाणु बम विश्वमा कुनै पनि ठाउँमा झार्न सकिन्छ । यो शोध साइन्स एडभान्सेस जर्नलमा प्रकाशित भएको हो । जर्नलका अनुसार २०२५ मा भारत र पाकिस्तानबीच युद्ध हुन सक्छ ।
दुवै देश काश्मीर मुद्धामा आमने–सामने भइसकेको अध्ययनको निश्कर्ष छ । २०२५ सम्ममा भारत तथा पाकिस्तानसँग कुल मिलाएर ४०० देखि ५०० परमाणु हतियार हुनेछ ।
शोधकर्ताका अनुसार परमाणु हतियारबाट १ करोड ६० लाखदेखि ३ करोड ६० लाख टन अर्थात ३ हजार ६०० करोड किलो कार्बन मिश्रित धुवा वायुमण्डलमा पैmलने छ । केही साताको अवधिमै यो पुरै विश्वमा पैmलने छ । यो धुवाले सौर्य रेडिएसनलाई पनि अवशोषित गर्नेछ । जसका कारण हावाको तापमानमा वृद्धि हुनेछ ।
FACEBOOK COMMENTS