![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – भारत जाँदा भारतीय रुपैयाँ नोटको बिटा बोक्ने चलनमा कमी आएसँगै त्यस्ता नोट साट्न बैंक धाउनेको संख्या घटेको छ ।
पछिल्लो समय नगद लिएर जाँदा चोरिने, हराउने र लुटिने क्रम बढेसँगै सर्वसाधारण नेपालीले एटिएम कार्ड बोक्न थाल्दा बैंकमा भारु नोट साट्नेको भिड घटेको हो ।
भारत जाँदा भारु नोटको सट्टा विद्युतीय प्रणालीबाट कारोबार गर्ने चलन बढेपछि नगद लिन आउने क्रम घट्दै गएको राष्ट्र बैंक, बैंंकिङ कार्यालय, थापाथलीका कार्यकारी निर्देशक झलकशर्मा आचार्यले बताए ।
बैंकले गत आर्थिक बर्षमा आठ अर्ब रुपैयाँ बराबर भारु नोट ल्याउन योजना बनाएको थियो ।
तर, माग कम भएकाले ६ अर्ब रुपैयाँ बरारबरका भारु नोट मात्र ल्यएको कार्यकरी निर्देशक आचार्यले बताए ।
–नागरिक दैनिक
FACEBOOK COMMENTS