काठमाडौं – भिबोर क्यापिटल लिमिटेडमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ । लुम्बिनी विकास बैंकको पूर्ण स्वामित्वमा रहेको भिवोरमा बहुसंख्यक सेयर नयाँ लगानीकर्ता समुहको हुने भएको हो ।
भिबोर विकास बैंकको सहायक कम्पनीको रुपमा ८ वर्ष पहिला स्थापना भएको यस क्यापिटल बिगत ३ वर्षदेखि संचालन नाफामा रहेको छ ।
अगामी वर्षदेखि राम्रो व्यवसाय गरी खुदनाफामा जान सक्ने प्रक्षेपण गरिएको छ ।
निजि क्षेत्रबाट थप भएका शेयरधनीका तर्फबाट समेत गरी २०७५ साउन १४ गतेबाट लागुहुने गरि नयाँ संचालक समिति गठन गरिएको छ ।
नयाँ लगानीकर्ताबाट प्रतिनिधित्व गरी तुलसीप्रसाद उप्रेती अध्यक्षमा चयन भएका छन् ।
क्यापिटलका अरु संचालकमा आदर्शराज पाण्डे, लुम्बिनी बिकास बैंक तर्फबाट दिपक खड्का र श्री हरिकृष्ण सुबेदीकायमै रहेका छन् ।
अध्यक्ष उप्रेती नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा पुरा गरी कार्यकारी निर्देशक पदबाट अवकाश ग्रहण गरेका हुन् ।
FACEBOOK COMMENTS