काठमाडौं, कात्तिक २ –विश्वव्यापी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो भी सिरिजको नयाँ भिभो भी२० नेपाली बजारमा उपलब्ध गराएको छ । भी२०मा रहेको ४४एमपी आई अटोफोकस क्यामेरा र उत्कृष्ट सेल्फी अनुभवका लागी अटोफोकसका साथ भिभोले प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा परिवर्तन ल्याएको छ ।
नयाँ भी२० स्लिम र लाइटवेट पनि छ र ७.३८ एमएम अल्ट्रा स्लिक एजी ग्लास रहेको छ जसले युवा प्रयोगकर्ताहरुको दु्रत गति जीवनशैलीलाई सहजता दिलाउँछ । उक्त स्मार्टफोनमा ६४एमपी क्यामेराको साथमा सुपर नाइट मोड रहेको छ जसले निकै जुम गरिएको अवस्थामा पनि स्पष्ट र गुणस्तरिय तस्बिर प्रदान गर्दछ ।
भिभो नेपाल भन्छ, “भिभो सधैं परिवर्तन हुने समय र ग्राहकहरुको व्यवहार, आवश्यकता र प्राथमिकताहरुको साथमा विकसित हुने कुरामा विश्वास गर्दछ । हामी सेल्फी क्रेज, फोटोग्राफी चलन र रचनात्मक मस्तिष्कहरुको आवश्यकताहरु बुझ्छौं । भी२०को साथमा, भिभो आफ्नो उत्कृष्ट नयाँ विशेषता र डिजाईनहरुबाट प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा परिवर्तन र नयाँपन ल्याउन तयार रहेको छ । भी२०मा अटोफोकस क्यामेरा क्षमताहरुको साथ अल्ट्रा–स्लिक र आर्कषक डिजाईन रहेको छ ।”
उत्कृष्ट अटो–फोकस क्षमताको साथ अग्रिम क्यामेरा प्रविधि
भी२०को अत्याधुनिक क्यामेरामा उत्कृष्ट अटो–फोकस क्षमता रहेको छ जसले सेल्फी प्रेमीहरुका लागी सेल्फी क्षमताहरुको एक नयाँ संसार खोल्दछ ।
उक्त स्मार्टफोनमा ४४ एमपी आई अटोफोकस विशेषता रहेको छ जसले जीवनको हरेक पल अत्यन्तै सहज र स्थिर रुपमा कैद गर्न सकिन्छ । यस विशेषताले सेल्फी लिँदा तस्बिरको फोकस सधैँ कायम रहन्छ । यसको लेन्स आई अटोफोकससँग सुसज्जित छ जसले चलिरहेको वस्तुहरुमा फोकस गर्न अग्रिम एल्गोरिदमहरुको प्रयोग गर्दछ । यसको शक्तिशाली सब्जेक्ट्–ट्रयाकिंग प्रविधिले फोटो र भिडियोहरुको गुणस्तरमा थप निखार ल्याँउछ ।
उक्त विशेषताले प्रयोगकर्ताले चाहे नजिकै वा पर दूरीबाट खिच्दा पनि निकै सहजताका साथ उत्कृष्ट नतिजा प्रदान गदर्छ । यस विशेषताबाट सेल्फी प्रेमी र सामाग्री सर्जकहरुले निकै लाभ उठाउन सक्छन् ।
सुपर नाइट सेल्फी:
उत्कृष्ट अटोफोकस विशेषताको साथ प्रयोगकर्ताहरुले अध्यारो र कम प्रकाश भएको अवस्थामा पनि स्पष्ट–उज्यालो सेल्फीहरु लिन सक्नेछन् । भिभो भी२०को विभिन्न एक्स्पोजर र नोइज–क्यानसिलेशन्–एल्गोरिदमले अध्यारोमा पनि अनुहारको अत्यधिक विशिष्ट विवरणहरु सेल्फीमा कैद गर्न सक्छ । साथै, औरा स्क्रिन लाइटले स्वत रुपमा उत्कृष्ट सेल्फीको लागी प्रकाश मिलाउँदै तस्बिरमा उत्तम रंग तापमान र प्र्राकृतिक स्किन–टोन प्रदान गर्दछ ।
डुअल भ्यू भिडियोः
यस विशेषताले दुवै फ्रन्ट र रियर क्यामेरा एकै पटक प्रयोग गरि भिडियो रेकर्ड गर्न सकिन्छ । यस विशिष्ट विशेषताले दुवै फ्रन्ट र रियर क्यामेराको फुटेज जोड्दछ जसले गर्दा प्रयोगकर्ताहरुले एकै पटकमा अन्तत्र्रिmयात्मक भिडियो रेकर्ड गर्न सक्छन् ।
स्लो मो सेल्फी भिडियोः
यस स्लो–मो विशेषताबाट प्रयोगकर्ताहरुले वास्तविक क्षणहरु रेकर्ड गरि समयको गति नियन्त्रण गर्न सक्छन् । यस विशेषता मार्फत प्रयोगकर्ताहरुले २४०एफपीएसको मजा लिँदै, छिटो र ढिलो गतिमा स्विच गर्न सक्छन् ।
स्टिडीफेस सेल्फी भिडियोः
प्रयोगकर्ताहरुको फोटोग्राफी र भिडियोग्राफी अनुभवलाई स्टेडिफेस सेल्फी भिडियो विशेषताले थप पूर्ण बनाँउछ । यसले अनुहारमा फोकस केन्द्रित गर्दछ र फोनबाट भिडियो खिच्दा हात वा शरिरको चालको कारणले हुने धमिलो ईमेजहरु घटाउँदछ । यसमा रहेको फेस–डिटेक्सन्–एल्गोरिदमले भिडियो लिँदा स्थिरता दिलाउँछ ।
४के सेल्फी भिडियोः
यस ४के सेल्फी भिडियो मोडले ४के रिजोलुशनको साथ भिडियोहरुमा थप निखार प्रदान गर्दछ । यस विशेषताले आकर्षक र लोभलाग्दोे ईफेक्टस्हरु प्रयोग गर्नको लागी एडिटिङ–टुल–किट प्रदान गर्दछ ।
मल्टी स्टाइल पोर्टरट र एआर स्ट्रिकरः
यी दुई विशेषताहरु होशियारीका साथ निजीकृत रंग र फेस–ब्यूटी समर्थन गर्नका लागि बनाईएको हो । यी विशेषताहरुले फाटो– स्टाईल–इफेक्ट्स्को एक विस्तृत विविधताको लागी प्रयोगकर्ताहरुको रचनात्मक माग पूरा गर्दछन् ।
६४एमपी मेन रेयर क्यामेर प्लस ८एमपी मल्टि फंसन क्यामेरा प्लस २एमपी मोनो क्यामेरा सेटअपले अल्ट्रा–क्लियर र हाई–डिफिनिशन फोटोग्राफी अनुभव प्रदान गर्दै जीवन्त, जटिल विवरणहरु कैद गर्छ जुन मजाले जुम गर्दापनि स्पष्ट रहन्छ । मल्टि फंसनल क्यामेराले सुपर म्याक्रो, बोकेह र ब्ल्याक एण्ड ह्वाईट ईफेक्ट्स्हरुको साथ फोटोग्राफीको लागी धेरै परिप्रेक्ष्यहरु सिर्जना गर्दछ । भी२० रियर क्यामेराले पनि ग्राहकहरुको जीवनको क्षणहरु कैद गर्नका लागी धेरै विशेषताहरु प्रदान गर्दछ ।
सुपर नाइट मोडः
रातको समयमा फोटोग्राफी गर्नुको अनुभवमा भी२० रियर क्यामेराको सुपर नाईट मोडले विशेष फिल्टरहरुबाट अन्धकारमा लुकेका छायाहरुलाई कैद गर्दै थप पूर्णता दिलाउँछ । साथै, नयाँ ट्राइपोड नाइट मोडले स्थिरता र एक्सपोजर बढाँउछ जसले गर्दा रातको सुन्दरता सहजै कैद गर्न सकिन्छ ।
मोसन अटोफोकसः
यस विशेषताले चलिरहेको वस्तुहरु ट्रयाक गर्दछ । कुनै पनि व्यक्ति वा वस्तुमा मात्र दुई पटक ट््याप गरेपछि, पुरा फ्रेमभरि नै त्यसैमा निरन्तर फोकस बसिरहन्छ ।
स्लिक डिजाईन र कलर पल्लेट
भी२० आफ्नो अल्ट्रा–स्लिक र स्टाईलिस् कलर पल्लेटको साथमा शानदार देखिने स्मार्टफोनको उत्तम उदाहरण बनेको छ जुन युवाहरुको स्मार्ट र विकसित जीवनशैलीसँग सजिलै मेल हुन्छ । यसमा ७.३८एमएम अल्ट्रा स्लिक डिजाइन र २.५डीको आकार मात्र १७१ग्राम वजन छ । यसमा रहेको ६.४४ इन्च एलईडी एफएचडी डिस्प्लले रंगिन बनाउँछ ।
भी२०मा रहेको एजी ग्लास टेक्नोलोजी र रचनात्मक त्रिकोणीय म्याट्रिक्स् क्यामेरा सेटअपको साथमा यो एक प्रिमियम लुक भएको स्मार्टफोन हो जसले युवा जीवनशैलीलाई थप पुरक गर्दछ । भी२०को समग्र सौन्दर्यशास्त्र एक फेशनेबल र ट्रेण्डी सेल्फी–प्रेमी प्ुस्तालाई प्रभावित गर्ने हिसाबले डिजाईन गरिएको छ ।
एजी ग्लास टेक्नोलोजीः
भी२० को ब्याक कभरमा एजी ग्लास प्रविधि रहेको छ जसले राम्रो पकड दिन्छ । यसले धुलो रहित र स्क्रयाच प्रतिरोध लुक प्रदान गर्छ र यो ग्लासले एक नरम स्पर्श प्रदान गर्दै स्मार्टफोनको सतहलाई थप परिष्कृत गर्दछ ।
डुअल टोन स्टेपः
भी२०मा होसियारीका साथ अदितीय रुपमा फ्ल्यास पहिलो तहमा छ र क्यामेराहरु दोस्रो तहमा राखी तयार गरिएको छ । पछाडिको रियर क्यामेरा राम्ररी पातलो तहहरुमा संगठित छन् । भिभो भी२०का रंगहरु प्रकृतिको रहस्यमय सुन्दरताबाट प्रेरित छन् । यो दुई फेशनेबल रंगहरुमा उपलब्ध छ जुन विशेष रुपमा प्रयोगात्मक युवाहरुको फेशन भावना र आत्म अभिव्यक्तिसँग मेलखाने रुपमा डिजाईन गरिएको छ ।
मिडनाइट ज्याज यसको सिग्नेचर रंग हो । यो रहस्यमय र ऊर्जाले भरिएको छ र अराजकताको बीचमा दृढ रहनको लागी शान्ति र आत्मविश्वास प्रदान गर्दछ । सनसेट मेलोडी सूर्यास्त हुँदा समुन्द्रि किनारहरुको सम्झना दिलाउने न्यानो रंगहरुबाट प्ररित रहेको छ ।
पावर–प्याक्ड प्रदर्शनी
भी२० दुबै डिजाइन एक्सेसोरी र द्रुत गतिशील उपयोगकर्ताहरुको लागी एक शक्तिशाली कम्प्यूटिंग उपकरणको रुपमा निर्माण गरिएको छ । यसमा केहि विशेषताहरु विचारपूर्वक राखिएको छ जुसले प्रयोगकर्ताहरुलाई सदा परिवर्तनशील वातावरणमा व्यस्त राख्दछ र मनोरञ्जन प्रदान गर्दछ ।
८जीवी र्याम, १२८जीवी रोम क्षमताको यो फोनमा फनटच ओएस११ प्रविधि रहेको छ । यसको ब्याट्री ४०००एमएएचको साथमा ३३वाटको फ्ल्यास चार्जर रहेको छ जसले बिजुलीको गतिमा ६५ प्रतिशतसम्म ब्याट्री भर्न सक्छ ।
मल्टि टर्बो विशेषताले टर्बो प्रविधिहरुबाट भी२०को समग्र प्रदर्शन बढाउँदछ । अत्यधिक उत्कृष्ट र जोडदार गेमिंग अनुभवको लागी गेम टर्बो पनि साथमा रहेको छ । साथमा मेमोरी रिकलर रहेको छ । यसको स्मार्ट कलरिंग उपकरणले रंगलाई अझ बढाउँदछ ।
भी२० तपाईको नजिकको बजारमा १८ अक्टोबर बाट रु. ४७,९९० मा उपलब्ध छ ।
FACEBOOK COMMENTS