काठमाण्डौं – बेलायतका सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टरले भूतपूर्व गोर्खाहरुको पेन्सन वृद्धि गरिएको घोषणा गरेका छन् ।
बेलायत सरकारले पेन्सनमा १५ मिलियन पाउन्ड लगानी गरेको मन्त्री ल्याङकेष्टरको घोषणामा उल्लेख छ ।
व्यक्तिगत दर्जा हेरी १० देखि ३४ प्रतिसतसम्म वृद्धि गरिएको हो तर यो गोर्खाहरुले माग्दै आएको पेन्सनसँग मेल खाँदैन ।
यो घोषणाले भूतपूर्व गोर्खाहरु झन् आक्रोसित भएका छन्।
बेलायतले भने नेपालमा यो पेन्सनले राम्रो जीविकोपार्जन हुने जिकिर गर्दै यसबाहेक १० वर्षमा गोर्खा वेलफेयर ट्रस्टमार्फत गोर्खाहरुको स्वास्थमा ३ दशमलव ६ अर्ब रुपैयाँ खर्च गर्ने बताएको छ।
– कान्तिपुर
FACEBOOK COMMENTS