![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं– नेपालमै पहिलोपटक बनिरहेको भूमिगत विद्युत् प्रसारणलाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ ।
त्रिशूली–काठमाडौं दुई सय २० केभी डबल सर्किट प्रसारणलाइनको मातातीर्थमा एक हजार तीन सय नौ मिटर भूमिगत लाइन बनाउनुपर्छ ।
त्यसमध्ये अहिलेसम्म ६ सय ३० मिटरको काम सकिएको हो ।
भूमिगतरुपमा २४ वटा तार राख्न मिल्नेगरी संरचना बनिरहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार आयोजनाको स्थलगत निरीक्षण गरी भूमिगत लाइनको सिभिल संरचना निर्माणको बाँकी काम दुई महिनाभित्र सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।
निर्माणका लागि अहिले दुई सय ७० श्रमिक परिचालित छन्।
प्रसारणलाइन तत्कालका लागि ६० मेगावाटको माथिल्लो त्रिशूली एको विद्युत् काठमाडौं ल्याउन निर्माण गरिएको हो ।
प्रसारणलाइन नेपाल सरकार तथा प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा बनिरहेको हो ।
– नागरीक
FACEBOOK COMMENTS