काठमाण्डौँ — वैकल्पिक सौर्य ऊर्जाबाट निःशुल्क रूपमा भूमिगत सिँचाइको सुविधा पाएपछि कञ्चनपुरका किसान हर्षित भएका छन् ।
कञ्चनपुरमा सौर्य प्रविधिबाट भूमिगत सिँचाइ हुन थालेपछि किसान हर्षित भएका हुन ।
त्यहाँ सौर्य प्रविधिबाट १० वटा भूमिगत सिँचाइ सञ्चालन भएका छन् ।
जसमध्ये बेलौरी नगरपालिका–४ मा ५, वडा नम्बर ५ मा ३ र जिल्लाका अन्य भागमा २ गरी १० वटा भूमिगत सिँचाइ सञ्चालनमा रहेको बेलौरी नगारपालिकाले जनाएको छ ।
सिँचाइको समस्या भोग्दै आएका किसानले यसअघि डिजल तथा विद्युतीय पम्पसेटबाट सिँचाइ गर्दै आएका थिए ।
— कारोबार
FACEBOOK COMMENTS