काठमाडौं, १६ वैशाख – भेरी अस्पताल, नेपालगञ्जमा बिहीबार बिहान थप दुईजनाको मृत्यु भएको छ।अस्पतालमा कैलाली र बाँकेका एक–एक जनाको १० मिनेटको फरकमा मृत्यु भएको हो।
कैलाली लम्की चुहा नगरपालिका वडा नम्बर १ का ४३ वर्षीय पुरुषको बिहान ७ः५० बजे मृत्यु भएको हो । वैशाख १३ गते पीसीआर गरेका उनलाई १४ गते भर्ना गरिएको थियो ।यस्तै बाँके खजुरा गाउँपालिका वडा नम्बर २ का ६७ महिलाको बिहान ८ बजे मृत्यु भएको छ । वैशाख १० गते पीसीआर गरेकी महिला १२ गते भर्ना भएकी थिइन्।
योसहित बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ७ जना पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा एक सय १० जनाको मृत्यु भएको छ ।
FACEBOOK COMMENTS