काठमाडौं, ५ वैशाख – बाँकेस्थित भेरी अस्पतालमा ८१ जनाको पिसिआर परीक्षण गर्दा ७५ जनालाई कोरोना संक्रमन पुष्टि भएको छ।
भेरी अस्पताल नेपालगन्जले बितेको २४ घण्टाभित्र ८१ वटा स्वाब परीक्षण गर्दा आइतबार ७५ जनालाई कोरोना भाइरसको संक्रमन पुष्टि भएको छ।
परीक्षण गरिएको स्वाबमध्ये ९२.६ प्रतिशतलाई कोरोना संक्रमण देखिएको अस्पतालले प्रशासनले जानकारी दिएको छ।
बाँकेकै नेपालगन्ज मेडिकल कलेज र बागेश्वरी डाइग्नोशिसमा समेत गरि आइतबार कुल १०१ जनामा संक्रमन पुष्टि भएको छ ।
संक्रमित मध्य बाँकेमा बसोबास गरिरहेका ४४ जनामा संक्रमन देखिएको छ।
भेरी अस्पतालको कोभिड वार्डमा थप एक महिलाको मृत्यु भएको छ।
बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ की ५२ वर्षीया महिलाको आइतबार अपरान्ह ४ बजेतिर मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए।
गएराति मात्रै भेरी अस्पतालमा तीन जना संक्रमितको मृत्यु भएको थियो । यो बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएका संक्रमित मध्य ९७ जनाको मृत्यु भएको छ ।
त्यस्तैै कोरोना संक्रमणबाट बाँके जिल्लाका मात्रै थप ६० जनाको मृत्यु भएको वलीले बताए ।
FACEBOOK COMMENTS