काठमाडौं, फागुन १० – नबिल बैंकले भैरहवा कान्छी बजारकोे तरकारी/फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । सोमबार दिउसो नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदिप फुञयाल ज्य’ ले फलफूल खरिद गरी क्यूआर कोड मार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गर्नुभएको हो ।
अब यस बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेट मार्फत सजिलै खरिद गरेको तरकारी ÷फलफूलको रकम भुक्तान गर्न सक्नेछन् । क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक श्री सुदिप फुञयाल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका सहायक निर्देशक श्री रमेश न्यौपाने नबिल बैंकका लुम्बिनी प्रदेशका प्रमुख, श्री यज्ञ प्रसाद शर्मा , नबिल बैंक भैरहवा शाखाका प्रबन्धक श्री लिला प्रसाद ओझा नबिल बैंकका लुम्बिनी प्रदेशका प्रदेश प्रबन्धक श्री मधु जंग कार्की र उक्त बजार व्यबस्थापन समितिका अध्यक्ष श्री दिपक सहानीको उपस्थिति थियो।
उद्घाटनमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशकले विभिन्न तरकारी ÷फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि केही पसलमा खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरुवात गर्नुभएको थियो ।
नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।
FACEBOOK COMMENTS