काठमाण्डौँ — भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट आगामी असार १३ गते देखि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरिएको छ।
हाल यो विमानस्थल विस्तार गरी अन्तर्राष्ट्रिय उडानका लागि योग्य बनाउने काम भइरहेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यो विमास्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न धानवमार्ग तयार भएको र टर्मिनल भवन निर्माण भइरहेको जानकारी दिएको छ।
विमानस्थलका लागि आवश्यक प्राविधिक उपकरण जडानका निम्ति दुई साताभित्रै प्रस्ताव आह्वानको तयारी गरिएको छ।
प्राविधिक उपकरण ६ महिनाभित्रै जडान गर्ने र त्यसपछि अन्तर्राष्ट्रिय उडानका जहाजलाई तीन महिनाको समय दिएर सूचना जारी गर्दैै विमानस्थल सञ्चालन गर्ने गरी तयारी भएको प्राधिकरणले जानकारी दिएको छ।
यो विमानस्थबाट असार १३ देखि अन्तर्राष्ट्रिय उडान गर्न सकिने गरी तयारी भइरहेको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए।
— अन्नपूर्ण
FACEBOOK COMMENTS