ललितपुर, पुस ९-भोलि बिहीबार बिहान करिब पौने ३ घण्टा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यो ग्रहण बिहान ८ बजेर ४२ मिनेटमा लागेर बिहान ११ बजेर ३१ मिनेटमा सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
सूर्यग्रहणको सूतक भने आज राति बुधबार करिब पौने ९ देखि नै बार्नुपर्ने समिति अध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले जानकारी दिएका छन् । उनका अनुसार बिहीबार बिहान ८ बजेर ४२ मिनेटमा ग्रहण सुरु भएर १० बजेर १ मिनेटमा मध्यम रहने सूर्यग्रहण ११ बजेर ३१ मिनेटमा मोक्ष हुनेछ । विशेषगरी गर्भवती, बच्चा, रोगी र ज्येष्ठ नागरिक ग्रहणको समय खुल्ला आकाशमा निस्किन नहुने बताइएको छ ।
ग्रहण लाग्नु करिब १२ घण्टाअगाडिबाट भोजन गर्नुनहुने र कुनै पनि शुभकार्य र पूजा गर्न नहुने शास्त्रीय मान्यता छ । जसअनुसार बुधबार राति ८ बजेर ४२ मिनेटदेखि नै गर्भवती, बच्चा, रोगी र ज्येष्ठ नागरिकले भोजन गर्न नहुने समिति अध्यक्ष गौतम बताउँछन् ।
ग्रहणका समय आटा, चामल, चिनी, दाल आदि दान गर्दा राम्रो हुने जनविश्वास छ । ग्रहणको नराम्रो प्रभावबाट बच्न दुर्गा चालिसा या श्रीमद्भागवत गीता पाठ गर्नु उत्तम हुने शास्त्रमा वर्णित छ ।
त्यस्तै, साढे सातबाट चिन्तामा रहेका मानिसले शनि देवको जप गर्नु उत्तम हुने कथन छ । यो ग्रहण भारत दक्षिणी भाग कर्नाटक, केरला र तमिलनाडुको केही खण्डबाट बलयाकार सूर्यग्रहण ९एनुलर०का रूपमा देख्न सकिने जनाइएको छ ।
यसैगरी, साउदी अरब, कतार, ओमान, संयुक्त अरब इमिरेट्स, भारतको दक्षिणी भाग, श्रीलंकाको उत्तरी भाग, मलेसिया, सिंगापुर, सुमात्रा, बोर्नियो प्रशान्त महासागरको गुआम टापु केही देशबाट समेत देख्न सकिनेछ ।
पृथ्वी र सूर्यबीच चन्द्रमा आउँदा र त्यसको छाया“ पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ । यो सघन र विरल छाया“ गरी दुईखाले हुन्छ । सघन भएको भागमा पूर्ण सूर्यग्रहण अर्थात् खग्रास देखिन्छ । विरल छाया“ परेको भागमा आंशिक सूर्यग्रहण अर्थात् खण्डग्रास देखिन्छ ।
वर्षमा दुईदेखि पाँचपटकसम्म सूर्यग्रहण लाग्ने गरेको खगोलशास्त्री बताउ“छन् । ग्रहण स्पर्श भएस“गै नदी, तलाउ, पोखरी, तीर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र जनावर, चराचुरुंगी, निमुखा तथा असहाय प्राणीलाई दान धर्म गर्नु राम्रो हुने मानिएको छ ।
ग्रहणका समय घरमा विकीरण तथा नकारात्मक ऊर्जा प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्न नहुने तथा दूध, दही, घ्यू, पानी, अचारमा तुलसीपत्र वा कुश राख्ने चलन छ । यसो गर्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ । यसबाहेक अन्य चिजमा गाईको गोबर राख्ने गरिन्छ ।आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS