काठमाडौं, जेठ ६ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । उनले भोलि शुक्रबार साँझ ५ बजेसम्ममा वैकल्पिक सरकार गठनका लागि समय तोक्दै यस्तो आह्वान गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने जानकारी राष्ट्रपति कार्यालयलाई गराएसँगै भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई अत्यन्त न्यून समय (करिब २१ घण्टा) उपलब्ध गराएकी छिन् ।
हेर्नुहोस् राष्ट्रपति कार्यालयको पत्र–
FACEBOOK COMMENTS