दोलखा संवाददाता
चरिकोट, भाद्र २० – भ्रस्टचारको विरोध गर्दा राप्रपा केन्द्रीय सदस्य युवा नेता प्रविण थाेकर लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मेलुङ गाउँपालिकामा खानेपानी लगायत क्षेत्रमा भ्रष्टाचार ,व्यथितिकाे अन्त्यकाे लागि माग गर्दा उनीहरु पक्राउ परेका हुन ।
मैलुङ सिचाइको ९० लाख रुपैया गापा अध्यक्ष नर बहादुर श्रेष्ठले एकलौटी रुपमा रकमान्तर गरि अन्य स्थानमा लगेको विरुद्ध मा राप्रपा केस थोकर लागायत मैलुङ नेपाली कांग्रेस ले संयुक्त विरोध कार्यक्रम आयोजना गर्दै आएका थिए । तालाबन्दी र शान्तिपूर्ण धर्ना वसेकाे समयमा उनीहरुलाई धर पकड गरि जिल्ला प्रहरी कार्यालय चरिकोटमा राखिएकाे छ। गापा अध्यक्ष नर बहादुर श्रेष्ठको दबावमा जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई पक्राउ गरिएको आन्दोलनरत पक्षको भनाई छ । आफुहरुको आन्दोलन शान्तिपुर्ण रहदारहदै पनि नेकपाबाट निर्वाचन अध्यक्षले शक्तिको आडमा आफुहरुमाथि बल प्रयोग गरि संविधान प्रदत्त बोल्न पाउने अधिकारको हनन गरेको उनीहरुले बताएका छन।आन्दोलनरत पक्षले श्रेष्ठको कामकार्वाही प्रती विमती राख्दै केही दिन अघि विभिन्न आरोप सहित ज्ञापनपत्र बुझाएको थियो ।
गत भाद्र १८ गते पुन:ज्ञापनपत्र वुझाई चासो प्रकट गरेको थियो । कार्वाहीको लागि राखेका माग सुनुवाइ नभए पछि उनीहरु तालाबन्दी र शान्तिपूर्ण धर्नामा लागेका थिए । यता राप्रपा केन्द्रले समेत सो घटना प्रति चासो देखाएको छ।राप्रपा केन्द्रिय सदस्य जनकराज पाठकले कर्पोरेट खबरसँग कुराकानी गर्दै भ्रष्टाचार विरोधी अभियान राप्रपाको घोषित कार्यक्रम नै रहेकोले सोको विरोधमा गएका पार्टी नेता कार्यकर्ता उपर भएको धरपकडको निन्दा गरेका छन्।
‘हाम्रा साथीहरुलाई शक्तिको आडमा जबर्जस्ती पक्राउ गरिएको घटना निन्दनीय छ, हामी त्यसको भत्सर्ना गर्दछौ, साथै तत्काल हाम्रा साथीहरुको रिहाइको माग समेत गर्दछौं’ उनले भनेका छन । अन्यथा राप्रपा थप आन्दोलित हुने र सोबाट निस्कने परिणामको जिम्मेवार प्रशासन हुने उनले भनाई राखेका छन्।
