काठमाडौं, बैशाख २६- लकडाउनका कारण बन्द भएको सेयर बजार मंगलबारदेखि खुल्ने भएको छ । सरकारले लकडाउनलाई केहि खुकुलो बनाएर बैंक तथा वित्तीय क्षेत्र, बिमा र धितोपत्र तथा सहकारी संस्था मार्फत हुने अति आवश्यक सेवा प्रवाह गर्न दिने निर्णय गरे संगै शेयर कारोबार सुचारु हुन् लागेको हो ।
शुक्रबार नेपाल धितोपत्र बोर्डले नेप्सेलाई बिहान ११ बजेदेखि १ बजेसम्म कारोबार संचालन गर्न बोर्डले निर्देशन दिएको हो।
बजारमा उच्च चलखेल हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै बोर्डले दुई प्रतिशतको सर्किट ब्रेकरको व्यवस्था गरेको छ।
बोर्डको निर्णय अनुसार कोरोनाको प्रभाव रहुन्जेल २ प्रतिशतभन्दा माथिले बजार बढ्दा र दुई प्रतिशतभन्दा तल घट्दा सर्किट लाग्ने छ।
शेयर कारोबार मंगलबारबाट सुरु हुने भएपनि नेप्सेको कार्यालय भने आइतबार बाट नै खुल्ने भएको छ ।
FACEBOOK COMMENTS