![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
सिन्डिकेट हटे संगै यातयात क्षेत्रमा सुविधा थपिन थालेका छन् ।
मकालु यातायातले अनलाईन टिकटिङ सेवा संचालनमा ल्याएको छ ।
मकालु यातायातले यात्रुहरुलाई अनलाईनबाटै टिकट लिने सेवा शुक्रबारबाट सुरु गरेको हो । सेवाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मकालु यातायात प्रा. लिका अध्यक्ष तुलसीमान सिंहले यात्रुहरुलाई सहज होस् भनेर अनलाईन सेवाबाट टिकट लिने व्यवस्था गरिएको जानकारी दिए।
टिकट लिनका लागि यात्रुहरुले सो यातायातको आधिकारिक वेबसाईट डब्लू डब्लू डब्लू डट माउन्ट मकालु डट कम डट एनपीबाट टिकट बुकिङ गर्न सकिनेछ।
यसै अवसरमा मकालु यातायातले प्रत्येक अनलाईन टिकटको खरिदमा ‘१० प्रतिशत क्यास ब्याक’ योजना पनि सार्वजनिक गरेको छ।
FACEBOOK COMMENTS