काठमाडौँ, कात्तिक २२ – हिमाली जिल्ला मनाङमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गदै जिल्ला प्रवेशमा कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय मनाङले जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन ७२ घण्टाको पिसिआर रिपोर्ट अनिवार्य गरेको हो । मनाङका प्रमुख जिल्ला अधिकारी धुर्व गिरीका अनुसार स्थानीय ,राष्टसेवक कर्मचारी र विशेष काम बाहेक घुम्न आउने आन्तरिक पर्यटकलाई ७२ घण्टाको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।
प्रजिअ गिरिले भने ‘मनाङमा चिसो बढेकाले विज्ञले चिसो मौसममा कोरोनाको संक्रमणदर बढ्ने भनेकाले कोरोना संक्रमण फैलिन नदिन कडाई गरिएको हो ।’ मनाङ प्रवेश गर्ने नासोँ, ताल, धारापानी, कोतो लगायतमा प्रहरी परिचालन गरिएको छ ।
FACEBOOK COMMENTS