काठमाण्डौं — मन्त्रीहरूले अबदेखि पारिश्रमिक, भत्तालगायत सुविधा आफ्नै मन्त्रालयबाट बुझ्ने भएका छन् ।
मन्त्रिपरिषदको पुस २९ को बैठकले तलब, भत्ता, इन्धन, सञ्चार, अतिथि सत्कार, हवाई टिकट र मसलन्द खर्च माघदेखि सम्बद्ध मन्त्रालयबाटै वितरण गर्ने निर्णय गरेको हो ।
अहिलेसम्म प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूले सरकारबाट पाउने पारिश्रमिकसहित सबै सुविधा मासिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट लिइरहेका थिए ।
अबदेखि कार्यालयले प्रधानमन्त्रीको तलब र सुविधा मात्र दिनेछ ।
— कान्तिपुर
FACEBOOK COMMENTS