काठमाडौँ, कार्तिक १८ – आन्तरिक पाहुनाको भीडले कोरोना भाइरस संक्रमणको जोखिम बढाएको भन्दै मर्दी हिमाल पदयात्रामा जाँदा अबदेखि पाहुनाले कोरोनाको पीसीआर परीक्षण गराई नेगेटिभ रिपोर्ट पेश गर्नु पर्ने भएको छ। पीसीआरको नेगेटिभ रिपोर्ट देखाउन नसक्ने पाहुना धम्पुसबाट अगाडि बढ्न नपाउने गरि स्थानीय तह र पर्यटन व्यवसायीले रोक लगाउने निर्णय गरेका हुन्।
मर्दी हिमाल पदयात्रा क्षेत्रका व्यवसायी र स्थानीय तहका पदाधिकारीको मंगलबार बसेको बैठकले अधिक संख्यामा पाहुना आउँदा संक्रमण फैलिने त्रास भएकोले पीसीआर को नेगेटिभ रिपोर्ट अनिवार्य गरेको व्यवसायीले बताएका छन्। अन्य पदमार्गमा आउजाउ बन्द हुँदा दसैंको बिदा पारेर मर्दी हिमाल पदमार्गको पदयात्रामा जाने पाहुनले भीडभाड बढाएको उनीहरुको भनाइ छ। मर्दीको पदयात्रामा आउँदा बढीमा ७२ घण्टा भित्रको पीसीआरको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने उनीहरुको भनाइ छ।
FACEBOOK COMMENTS