काठमाण्डौँ — मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान काठमाडौं नफर्केको दुई महिना भइसकेको छ ।
अझै मर्मत गरेर ल्याइने टुंगो लागिसकेको छैन ।
निगम व्यवस्थापनले बेलैमा मर्मत गर्न सामान झिकाउन नसकेपछि दुई महिना मलेसियामा अलपत्र परेको हो ।
यो विमान लिलाम गर्ने निर्णय पनि निगमले गरिसकेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निगमले पुस पहिलो साता यो विमान बिक्री गर्ने प्रक्रिया थालिसकेको विवरण पठाइसकेको छ । ‘
विमानलाई हरेक २० देखि २४ महिनामा सम्पूर्ण उपकरणको विस्तृत निरीक्षण एवं चेकजाँच गर्नुपर्छ ।
यो विमानको सी चेकका लागि कम्तीमा पनि १४ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
१ सय ९० यात्रु सिट क्षमता भएको विमान बेलैमा नल्याइँदा उता पार्किङ शुल्कलगायतको बिलले निगमको व्ययभार बढाएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS