काठमान्डौ, १७ फाल्गुण – युवा अभियन्ता श्रीराम घिमिरे मलबिउ बिजन र वैदेशिक रोजगारीको बिषयका माग राख्दै आमरण अनसनमा बसेका छन् । दुई बुँदे माग अघि सार्दै उनी शनिवार फाल्गुण १७ देखी शान्ति वाटिकामा आमरण अनसनमा बसेका हुन । उनले राज्यले २० रोपनी भन्दा कम जग्गा जमिन भएका नेपाली किसानलाई मलबिउ विजन निशुल्क ब्यवस्था र वैदेशिक रोजगारीमा गएर मृत्यु भएका मृतकका परिवारलाई २० लाख क्षतिपुर्ति, ै वैदेशिक रोजगारीका क्रममा दुर्घटनामा घाईते हुन पुगेका नेपालीहरुलाई निशुल्क स्वास्थ्य उपचारको ब्यवस्थाका साथै पीडित परिवारको शिक्षा, स्वास्थ र रोजगारीको पूर्ण ग्यारेण्टि गर्नुपर्ने माग राखेका छन् । यो उनको तेस्रो आमरण अनसन हो । यस अघि उनी २०७४ साल कार्तिक ११ देखी १८ गते सम्म शान्ती वाटिकामा पहिलो पटक आमरण अनसन बसेका थिए । देशमा चुनावको माहौल र स्वास्थ अवस्थाका कारण उनले अनसन तोडेका थिए । त्यस्तै, दोस्रो पटक उनी माइतिघर मण्डलामा २०७५ साल फाल्गुण २५ गते आमरण अनसन बसेका थिए । तर प्रहरी हस्तक्षेपका कारण उक्त अनसन सोही दिन स्थगन भएको थियो । तेस्रो पटक अनसनमा बसेका घिमिरेले यो लडाईं समानताका लागि भएको बताउदै कुनै पनि हालतमा आफूले अघि सारेका माग पुरा गर्न आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS